बारा ४ मा कांग्रेसका इच्छचबहादुर वाग्ले स्वतन्त्र उम्मेदवार
newsofnepal.com · Sun Oct 09 17:00:51 GMT 2022
काठमाठडौं,२३ असोज । बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका नेता समाजसेवी इच्छाबहादुर वाग्लेले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनभएको छ । नेपाली कांग्रेसले गठबन्धनको भागबण्डा गर्दा बारा ४ मा नेकपा एकीकृत समाजवादीलाई टिकट दिएपछि वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । कांग्रेसको बलियो संगठन भएको उक्त क्षेत्रमा मत नै नभएका पार्टीलाई खोजेर ल्याएको भन्दै गठबन्धनभित्र असन्तुष्टि देखिएको बारका कांग्रेस नेताहरुले बताएका छन् ।
गठबन्धनको तर्फबाट बारामा नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठले आधिकारीक उम्मेदवारी दिनभएको छ। ओखलढुंगा हुँदादेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय वाग्ले लामो समयदेखि बारामा बस्दै आउनभएको छ। उहाँले बाराबाट टिकट पाउँदा नेपाली कांग्रेसले सहज जित निकाल्ने अवस्था भएपनि पार्टीले गठबन्धनका नाममा जनमत नै नभएका व्यक्तिलाई उभ्याएपछि आफुले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको इच्छाबहादुर वाग्लेको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)