तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा १ जनाको मृत्यु, अर्का घाइते
kendrabindu.com · Sun Sep 20 01:32:40 GMT 2026

सर्लाही । सर्लाहीमा तीव्र गतिको मोटरसाइकलले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन्। शनिबार साँझ मलंगवा नगरपालिका- ११ गम्हरियास्थित नवलपुर मलंगवा सडक खण्डमा दुर्घटना भएको हो।
गम्हरियाबाट मलंगवा तर्फ आउँदै गरेको प्र.२-०३-०१९ प ३०७ मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेका साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा पैदल यात्री सोही ठाउँका ७० वर्षीय बालमिकी राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)