ब्राइटनसँग आर्सनल स्तब्ध
nepalsamaya.com · Sun Sep 20 01:30:42 GMT 2026
काठमाडौं- इङ्लिस प्रिमियर लिगमा आर्सनललाई ब्राइटनले ३-० गोल अन्तरले पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा ब्राइटनले पहिलो हाफमै दुई गोल गर्दै आर्सनलमाथि दबाब बनाएको थियो। ब्राइटनका लागि पास्कल ग्रोसले ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम समयमा चारालाम्पोस कोस्टुलासले गोल गरेपछि ब्राइटन २–० ले अघि बढेको थियो। दोस्रो हाफ सुरु भएको केही समयमै ब्राइटनले तेस्रो गोल थप्यो। ५७औँ मिनेटमा चेमा आन्द्रेसले गोल गर्दै घरेलु टोलीको अग्रता ३–० मा पुर्याएका थिए। त्यसपछि आर्सनलले खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)