पैदलयात्री र साइकलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा एकको निधन
himalpress.com · Sun Sep 20 01:32:32 GMT 2026

काठमाडौँ- सर्लाहीमा तीव्र गतिको मोटरसाइकलले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन्। शनिबार साँझ मलंगवा नगरपालिका ११ गम्हरियास्थित नवलपुर मलंगवा सडक खण्डमा दुर्घटना भएको हो।
गम्हरियाबाट मलंगवा तर्फ आउँदै गरेको प्र.२-०३-०१९ प ३०७ मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेका साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा पैदल यात्री सोही ठाउँका ७० वर्षीय बालमिकी राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गम्भीर घाइते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)