डाक्टरलाई माेसाे दल्ने अनेरास्ववियुका दाङ जिल्ला संयाेजकलाई पार्टीबाटै निकालियाे
baahrakhari.com · Fri Aug 27 17:41:00 GMT 2021
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंहलाई कालोमोसो दल्ने एमाले भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सह-संयोजक दिवस क्षेत्रीलाई नेकपा एमाले दाङले जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका चिकित्सक र कर्मचारीको मनोबल बढाउनुको साटाे घृणित कार्यमा संलग्न भई कानुन हातमा लिने परियार र क्षेत्रीलाई अनेरास्ववियु र पार्टीको जिम्मेवारीबाट हटाइएको जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)