मानिसलाई चराको चिरबिराहट किन मनमोहक लाग्छ ?
ratopati.com · Sun Sep 20 01:45:00 GMT 2026

चराहरू चिरबिराउँदा मानिसले आनन्द महसुस गर्छन् । तर केहि चराका आवाज मानिसको कानलाई विशेष रूपमा मनमोहक लाग्छन् । र, वैज्ञानिकहरूले यसको कारण बुझ्न थालेका छन् । जर्मनीको ट्युबिङ्गेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एउटा नयाँ अध्ययनले मानिसलाई केही चराका गीत अरूभन्दा बढी मनपर्नुको कारण खोतल्ने प्रयास गरेको छ बुझ्न । यसका केही ध्वनिगत विशेषता पहिचान गरेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार मानिसले कम आवाज र साँघुरो फ्रिक्वेन्सी भएका चराका आवाज बढी रुचाएका थिए । त्यस्तै, बढी जटिल किसिमका आवाजलाई पनि मानिसहरूले तुलनात्मक रूपमा बढी मनमोहक मानेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)