मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिक उन्मुक्तिका अध्यक्षदेखि मन्त्रीहरू घुस कान्डमा, यी हुन् पद गुमाउनेहरू

barnanmedia.com · Wed Jul 16 21:19:50 GMT 2025

०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा मुख्य योजनाकार मानिएका र तीन तहका अदालतबाट जन्मकैद सजाए पाए पनि कैद मिनाहा पाएर रिहा भएका नेता हुन् रेशम चौधरी। तिनै चौधरी डिल्लीबजार कारागारमा भएका बेला आफ्नी पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा दल खोले, नागरिक उन्मुक्ति। र, केन्द्रमा चार अनि लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशमा जित निकाल्यो।

यो दल अहिले आन्तरिक कलहमा छ। त्योभन्दा ठूलो एकपछि अर्का नेता घुस कान्डमा मुछिन थालेका छन्। पछिल्लो पटक ७८ लाख घुस काण्डमा एमाले नेता एवं सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्। यो घुस डिल गर्न विचौलिया बनेर जानेमध्येकी हुन् रञ्जिता। आफू भूमिसुधार मन्त्री रहेका बेला उनले पोखराको बाटुलेचौरमा लिची बगान रहेको एक सय ३४ रोपनी जग्गा विचौलियाको स्वार्थअनुसार नामसारी गर्न खोजेकी थिइन्। माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढले पछि उनी पनि पदमुक्त भइन्। तर, सरकारमा नरहे पनि सिंहदरबारमा सेटिङ मिलाउन लागिपरिन्। पोखराका सुजन लामा, श्रेष्ठ र गुप्ताबीच घूस लेनदेनको छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)