सुनसरीको देवानगञ्जमा दुई समूहबीच फेरि झडप, दुई जना पक्राउ
bishowkhabar.com · Sun Sep 20 01:46:00 GMT 2026

सुनसरी– सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बिपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझ करिब भएको झडपमा देवानगन्ज गाउँपालिका–१ का २४ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् । उनको पुठ्ठामा चोट लागेको छ र घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)