मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण

barnanmedia.com · Sat Sep 13 21:39:44 GMT 2025

व्यास नगरपालिका–११ गैह्राबारीमा रहेको तीन रोपनी सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरिएको छ ।

वर्षौँदेखि व्यक्तिले कब्जा गरेर भोगचलन गर्दै आएको उक्त जग्गा नगरपालिकाले संरक्षण गरी एक सय ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो । पहिलो वर्ष किसानले उत्पादन गरेको आठ मेट्रिक टन आलुको बीउ निःशुल्क रूपमा भण्डारण गर्ने व्यवस्था मिलाइएको नगरपालिकाको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)