आजदेखि ह्विलचियर बास्केटबल प्रतियोगिता,१३ टोली सहभागी हुँदै
emountaintv.com · Tue Apr 09 00:38:29 UTC 2024
काठमाडौं,२७ चैत्र । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन् । नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाको कभर्ड हलमा मंगलवार र बुधवार प्रतियोगिता हुँदैछ ।
संघका अध्यक्ष देवी आचर्याका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफसहित जावलाखेल ह्विलचियर स्पोट्स क्लब, विइन, ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए), इस्पाइनल कट इन्ज्युरी नेट्वर्क नेपाल, बीआईए र आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीले सहभागिता जनाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)