गठबन्धन बैठक निष्कर्षविहीन, ९० सिट नछाड्ने कांग्रेसको अडान
nepalpress.com · Thu Sep 01 16:59:00 GMT 2022
काठमाडौं । गठबन्धन बैठक सकिएको छ । आगामी निर्वाचनका लागि सिट बाँडफाँटका लागि करिब ११ घण्टासम्म बसेको बैठकमा कुनै ठोस निष्कर्ष भने निस्किएन । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिनभित्र निष्कर्ष निकालिने दाबी गरे । उनले न्यायोचित ढंगले, सम्मानजनक ढंगले सिटको बाँडफाँट गरिने निष्कर्ष भएको बताए ।
उनले सिटको संख्याको बारेमा भने केही बताएनन् । यसभन्दा अगाडि आएका सिट संख्यालाई नै आधार मानेर एउटा निर्णय आगामी दुई दिनभित्र सार्वजनिक गरिने बताए । त्यसभन्दा अघि आआफ्नो दलहरुमा छलफल गरेर अघि बढ्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)