चांगानको एसयूभी नेभो क्यू ०५ पोखरामा सार्वजनिक
kendrabindu.com · Sun Sep 20 02:11:12 GMT 2026

पोखरा । चांगानको नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ पोखरामा सार्वजनिक गरिएको छ । एमएडब्लू वृद्धि अटोकर्पले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा यसको अल्ट्रा भेरियन्ट सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
नेभो क्यू०५ को चारदिने टेस्ट ड्राइभ कार्यक्रम चाउथेस्थित दिपल पोखरा सोरुममा ३ देखि ६ असोजसम्म सञ्चालन हुनेछ । ग्राहकले उक्त अवधिमा गाडीको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्यू०५ मा १२० किलोवाटको विद्युतीय मोटर छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्छ । डब्लूएलटीपी परीक्षणअनुसार यसको रेन्ज ४०५ किलोमिटर छ भने ऊर्जा खपत १२.९ किलोवाट आवर प्रतिकिलोमिटर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)