धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु
nepallive.com · Sun Sep 20 02:12:02 GMT 2026

बारा– जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित नेपाल केबुल अगाडि झैझगडाका क्रममा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्थानका ठुले राईका छोरा अन्दाजी २२ वर्षीय आयुष राईले आपसी झगडाका क्रममा धारिलो हतियार प्रहार गर्दा खड्काको घाँटीमा चोट लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)