राषट्रपति डाेनाल्ड ट्रम्पले लिए सपथ, सम्हाले अमेरिकाकाे बागडाेर
annapurnapost.com · Mon Jan 20 17:37:50 GMT 2025

काठमाडौं : अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सपथ लिएका छन्। सोमबार क्यापिटल हिलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले सपथ लिएका हुन्।
उनको सपथग्रहण समारोहमा पूर्व राष्ट्रपति जो बाइडेन, जर्ज बुस, बिल क्लिन्टन, बाराक ओबामा, विभिन्न देशका राष्ट्र प्रमुख र विश्वकै धनाढ्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा चर्चित स्टारहरू पनि सहभागी थिए। समारोहमा एलन मस्क, मार्क जुकरवर्ग, सुन्दर पिचाइलगायत पनि सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)