नौ सय ५२ जनालाई ट्राफिक कारबाही
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १२०, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ६७ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा २८, लेन क्रसमा ४३, अवस्था ठीक नभएको ३४, एकतर्फीमा १२ र अन्यमा ४४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)