ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९२२ सवारी चालक कारबाहीमा
shilapatra.com · Sun Jun 28 01:09:00 GMT 2026

बितेका २४ घण्टामा एक हजार ९२२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८, संकेत बत्ती उल्लंघनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)