चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा
khabarhub.com · Sun Sep 20 02:43:21 GMT 2026

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्ले धारिलो हतियार (हँसिया) प्रहार गर्दा उदयपुरको चौदण्डीगढी नगरपालिकामा एक महिलाको मृत्यु भएको छ।
चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँ बस्ने ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा ४५ वर्षीया श्रीमती बिमला राईको गर्दनमा हँसिया प्रहार गरेका हुन्। हतियार प्रहारबाट गम्भीर घाइते भएकी बिमलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)