उपल्लो डोल्पाका बस्तीमा बाँडियो चीन आउजाउ गर्ने पास, नाका नियमित खुल्ने कहिले ?
onlinekhabar.com · Sun Sep 20 02:34:20 GMT 2026

४ असोज, सुर्खेत । उपल्लो डोल्पाका तीन स्थानीय तहका बासिन्दालाई चीन प्रवेशका लागि ३४० वटा सीमा पास वितरण गरिएको छ । गाउँगाउँमै पुगेर पास वितरण गरिए पनि चीनसँग जोडिएका सीमा नाका नियमित रूपमा कहिले खुल्छन् भन्ने विषय भने अझै अन्योलमा छ ।