वर्षौंदेखि अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन
deshsanchar.com · Mon Jan 20 23:05:43 GMT 2025

सिरहा- लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो ।
अधुरो खानेपानी योजनाको काम सम्पन्न गर्न लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थानअन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवाक्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द विकन परियोजना’बाट रु ६० लाख लागतमा बोरिङ जडान सुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए। खानेपानीको अधुरो काम सञ्चालन भएसँगै अब यस भेगका नागरिक खानेपानीको अभावबाट चाँडै मुक्त हुने उनले विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)