सडेगलेका पाउरोटी र म्याद नाघेका बिस्कुटहरुबाट कुकिज बनाएर बिक्री वितरण
annapurnapost.com · Mon Feb 21 23:05:00 GMT 2022
काठमाडौं: म्याद नाघेका अखाद्य सामाग्रीलाई पुनः बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक कम्पनी सिल गरेको छ। महानगरीय अपराध महाशाखा र खाद्य तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका २७ सुनकोठीस्थित स्पर्श फुड प्रोडक्ट प्याकेजिङ कम्पनी र त्रितारा फुड्स् एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको हो। टोलीले सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठलाई पक्राउसमेत गरेको छ।
'यी दुई कम्पनीका नाममा खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमतिसमेत निलई विगत ३ वर्षदेखि म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुन धुलो बनाई कुकिज टोस्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्री वितरण गर्दै आएको फेला पारी खाद्य तथा गुण नियन्त्रण विभागको रहोबरमा दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा नस्ट गरी आवश्यक कारबाही र अनुसन्धान प्रक्रिया कार्य भइरहेको छ,' जारी विज्ञप्तिमा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)