मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सोह्रौँ राष्ट्रिय बालनाटकका लागि १४ नाटक छनोट

barnanmedia.com · Mon Jan 20 23:40:18 GMT 2025

सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । उक्त प्रदर्शनीमा दर्ता भएका दुई दर्जन नाटकमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट भएका हुन् ।

प्रतियोगितामा सहभागी दुई दर्जन बढी नाटकमध्येबाट १४ वटा छनोट गरिएको बताउँदै महोत्सव संयोजक सविन न्यौपानेले दर्ता भएका सबै सहभागी नाटकलाई धन्यवाद दिनुभयो । उहाँले प्रतियोगी तथा अप्रतियोगी नाटकको वर्गीकरण गरिएको सूचनासहित महोत्सव तालिका आगामी माघ २२ गतेभित्र प्रकाशन गरिने जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)