जनकपुरमा आगलागी, एक वृद्धको मृत्यु
ratopati.com · Sun Sep 20 02:56:15 GMT 2026

जनकपुरधाम । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।
स्थानीयबासीका अनुसार घरमा राति सबैजना सुतिरहेको बेला एक्कासि आगजनी भएको थियो । आगजनीमा परिवारका अन्य सदस्य भाग्न सफल भएपनि सहनी भाग्ने क्रममा लडेर आगजनीमा परि मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)