भदौमा वीरगन्ज भन्सारबाट २३ अर्ब ४६ करोड राजस्व सङ्कलन
arthadabali.com · Sun Sep 20 02:55:05 GMT 2026

वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३/ ८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो । भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए । मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)