बारामा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ
kendrabindu.com · Sun Sep 20 02:57:20 GMT 2026

बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२, सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुर सिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)