देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु
deshsanchar.com · Tue Jan 21 00:00:40 GMT 2025

दमौली (तनहुँ)- जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो ।
तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने उक्त पुलमा निर्माण अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । मोटरसाइकल आवागमन रोक लगाएर पुल मर्मत भइरहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)