कांग्रेस वडा अधिवेशन सकिएकै राति क्षेत्रीय प्रतिनिधिको घरमा आक्रमण
annapurnapost.com · Sun Sep 20 02:51:37 GMT 2026

विराटनगर : नेपाली कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएको केही घण्टामै मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीस्थित दुई जनाको घरमा तोडफोड र आक्रमण भएको छ ।
कांग्रेसका क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा शनिबार राति करिब ११ः५० बजेतिर तोडफोड एवं आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भट्टराईको घरको आँगनमा रहेको गेटमा क्षति पुर्याइएको छ भने कार्कीको घरको झ्यालको सिसा फुटाइएको छ । कार्कीको घरमा रहेका ६ थान प्लास्टिकका कुर्सीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । कार्कीले भाडामा लिएको गाडीको सिसासमेत फुटाइएको र त्यसपछि चालकले गाडी त्यहाँबाट भगाएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)