ट्रम्पले एच–१बी भिसामा १ लाख डलर शुल्कको व्यवस्था थप एक वर्ष बढाए
barnanmedia.com · Sun Sep 20 02:56:08 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्ष विदेशी कामदारका लागि प्रयोग हुने एच–१बी भिसामा १ लाख अमेरिकी डलर शुल्क लगाउने व्यवस्था थप एक वर्ष कायम राख्ने निर्णय गरेका छन् । ह्वाइट हाउसले जारी गरेको घोषणाअनुसार यो व्यवस्था सन् २०२७ को सेप्टेम्बर २१ सम्म लागू हुनेछ ।
अमेरिकामा प्रविधि तथा अन्य दक्ष क्षेत्रमा विदेशी कामदार नियुक्त गर्न रोजगारदाताले एच–१बी भिसा प्रयोग गर्दै आएका छन् । यसअघि यसको शुल्क करिब २ हजारदेखि ५ हजार डलरसम्म थियो । ट्रम्प प्रशासनले भने विदेशी कामदारका कारण अमेरिकी श्रमिकको रोजगारी र पारिश्रमिकमा असर परेको दाबी गर्दै शुल्कमा ठूलो वृद्धि गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)