मनास्लु बेसक्याम्पमा अनशनरत युवाको टेन्ट हिउँले ढाक्यो
gorkhapatraonline.com · Sun Sep 20 03:11:22 GMT 2026

जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र हिमताल संरक्षणको माग राख्दै मनास्लु आधार शिविरमा आमरण अनशन बसेका युवाहरूको टेन्ट लगातारको हिमपातका कारण हिउँले ढाकिएको छ । प्रतिकूल मौसमकाबिच पनि युवाहरूले आफ्ना माग पूरा गराउन अनशन जारी राखेका छन् ।
मनास्लु आधारशिविर भन्दा माथि करिब चार हजार नौ सय मिटर उचाइमा अनशन बसेको स्थानमा शुक्रबार दिउँसो ३ बजे देखि आइतबारसम्म लगातार हिमपात भइरहेको छ भने हिमपातका कारण अनशन स्थलमा करिब चार फिटसम्म हिउँ जमेको अनशनरत युवा धावा नोर्वु लामाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)