सप्तरीमा २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद
nepallive.com · Sun Sep 20 03:11:56 GMT 2026

सप्तरी– डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा करिब २० क्विन्टल (२ हजार केजी) गाँजाजस्तो देखिने पदार्थ बरामद भएको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट आठ पोका गरी जम्मा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)