घरायसी विवादमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
annapurnapost.com · Sun Sep 20 03:08:06 GMT 2026

काठमाडौं : घरायसी विवादका क्रममा श्रीमानले धारिलो हतियार प्रहार गर्दा उदयपुरको चौदण्डीगढीमा एक महिलाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–२, डाँडागाउँका ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा आफ्नी ४५ वर्षीया श्रीमती बिमला राईमाथि हतियार प्रहार गरेका हुन्। राईले धारिलो हतियार सिकलले श्रीमतीको गर्दनमा प्रहार गरेको प्रहरीले जनाएको छ।
असोज ४ गते मध्यराति करिब १२:३० बजे घटना घटेपछि आरोपी गन्दु राम राई आफैं अस्थायी प्रहरी पोष्ट माडिबास पुगेर जानकारी गराएका थिए। लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)