रास्वपा सांसद खत्रीको प्रश्नः संविधानमा धर्मनिरपेक्षता घुसाउने गिरोहमा को–को थिए ?
nepalpress.com · Sun Sep 20 03:16:21 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले नेपालको संविधान जारी गर्दाका बखत शीर्ष नेतृत्वमा रहेको असन्तुष्टि र संविधान निर्माणको प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले देशका प्रथम राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीकै असन्तुष्टिबीच संविधान जारी भएको दाबी गरेका हुन् ।
सांसद खत्रीले देशका पहिलो राष्ट्रपति डा. रामवरण यादवको ‘खुसी भएर संविधान जारी गरेको थिइनँ, संवैधानिक बाध्यताले हस्ताक्षर गरेँ’ भन्ने भनाइलाई स्मरण गराएका छन् । साथै, संविधान जारी हुँदाका तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ‘संविधानमा धर्मनिरपेक्षता भएको मलाई पत्तै भएन’ भन्ने अभिव्यक्ति उदृत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)