प्रत्येक प्रदेशमा फरेन्सिक ल्याब बनाउन नेपालको क्षमताले भ्याउँदैन : महावीर पुन
gorkhapatraonline.com · Thu Jun 04 11:54:37 GMT 2026

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं प्रतिनिधिसभा सदस्य महावीर पुनले उपकरण अत्यधिक महँगो हुने भएकाले नेपालले धेरै ठाउँमा फरेन्सिक ल्याब बनाउन नसक्ने बताउनुभएको छ ।
बिहीबार सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदले प्रदेश प्रदेशमा त्यस्ता प्रयोगशाला बनाउनुपर्ने आवश्यकता औँल्याएपछि उहाँले यस्तो धारणा राख्नुभएको हो । उक्त ल्याबका लागि आवश्यक पर्ने उपकरणहरू धेरै महँगो हुने भएकाले प्रत्येक प्रदेशमा प्रयोगशाला स्थापना गर्ने कुरा नेपालको क्षमताले नभ्याउने सांसद पुनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)