अवैध भरुवा बन्दुक र विस्फोटक पदार्थ सहित एक जना पक्राउ
gorkhapatraonline.com · Thu Jun 04 11:55:27 GMT 2026

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा प्रहरीले एक नाल अवैध भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विभिन्न बन्दोबस्तीका सामग्री तथा विस्फोटक पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको जानकारी अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. १५ पोटाह बस्ने ५५ वर्षीय ओम प्रकाश चौधरीलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी