इजरायली सेनामा सैन्य उपकरण र जनशक्तिको अभाव भएको दाबी
kendrabindu.com · Sun Sep 20 03:28:59 GMT 2026

काठमाडौं । इजरायली सञ्चारमाध्यमहरूले पछिल्ला दिनमा सेनाले केही सैन्य उपकरण र जनशक्तिको अभाव झेलिरहेको दाबी गरेका छन् । इजरायलको ‘च्यानल १२’ ले अमेरिकी कम्पनी बोइङबाट १२ वटा ‘अपाचे’ आक्रमणकारी हेलिकोप्टर खरिद गर्ने सेनाको योजना रद्द भएको जनाएको छ । ‘मारिभ’ पत्रिकाले पनि गम्भीर अभावबीच सेनाले सैनिकहरूको बिदा स्थगन गर्ने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक गरेको थियो ।
पछिल्ला वर्षमा अमेरिकाबाट अर्बौं अमेरिकी डलर सहयोग प्राप्त गर्दै आएको र विश्वकै उच्च सैन्य बजेट भएका सेनामध्ये एक मानिने इजरायली सेना हतियार अभावसँग जुधिरहेको बिषय बाहिर आएको अलजजिराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)