एसियाली खेलकुद : एकल काताको पहिलो चरणबाटै बाहिरिइन् सानुमाया
kendrabindu.com · Sun Sep 20 03:25:19 GMT 2026
काठमाडौ । एसियाली खेलकुद आइचीनागोया अन्तर्गत कराँतेका खेलहरू आजबाट सुरु भएका छन् । कराँतेको महिला व्यक्तिगत काता प्रतिस्पर्धामा नेपालकी सनुमाया थिङ पराजित भएकी छन् ।
गिफु प्रिफेक्चरस्थित तोयोहाशी जिम्नेसियममा भएको अन्तिम १६ को प्रतिस्पर्धामा सनुमाया दक्षिण कोरियाकी चो हाउनसँग ५–० को सोझो अंकले पराजित भएकी हुन् । प्रतिस्पर्धामा दक्षिण कोरियाली खेलाडी चोईले ५ अंक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरिन् भने सनुमायाले कुनै अंक जोड्न सकिनन् । यससँगै व्यक्तिगत कातातर्फ सनुमायाको यात्रा क्वार्टरफाइनलमा नै समाप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)