दियोबाट किराना पसलमा सल्कियो आगो, १० लाखभन्दा बढीको क्षति
annapurnapost.com · Sun Sep 20 03:21:36 GMT 2026

विराटनगर : दियोबाट बालिएको आगो सल्किएर मोरङको रंगेलीमा एक किराना पसल जलेर नष्ट भएको छ। रंगेली नगरपालिका–१ सरदा टोलका ४५ वर्षीय नरेश चौधरीको एकतले पक्की किराना पसलमा शनिबार राति करिब १०:२० बजे आगलागी भएको हो। पूजा गरेर छाडिएको दियोबाट अचानक आगो सल्किएको प्रहरीले जनाएको छ।
आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण किराना सामग्री जलेर नष्ट हुँदा करिब १० लाख ३९ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)