टंगालस्थित भाटभटेनी भोलिदेखि पुन: सञ्चालनमा आउने
baahrakhari.com · Sun Sep 20 03:29:02 GMT 2026

काठमाडौं । काठमाडौं टंगालस्थित भाट-भटेनी सुपर स्टोर असोज ०५ गते सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङका अनुसार सोमबारदेखि पुनः सञ्चालनमा ल्याउन लागिएको हो ।
गत वर्ष भदौ २४ मा भएको जेनजी आन्दोलनमा उक्त स्टोरमा आगजनी गरिएको थियो । त्यसदिन काठमाडौंसहित देशभरका १२ स्टोरमा आगजनी गरी ध्वस्त पारिदिएका थिए । आगजनीको एक वर्षपछि पुनः सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष गुरूङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)