मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
nepalnews.com · Sun Jun 28 01:17:08 GMT 2026

गण्डकी । मनसुन सुरु भएसँगै देशका अधिकांश पर्यटकीय गन्तव्यको चहलपहल घट्न थाल्छ। वर्षायामलाई पर्यटनको ‘अफसिजन’ मान्ने धारणा अझै पनि बलियो छ तर बागलुङको ढोरपाटनमा भने यही मौसम पर्यटकीय गतिविधिको अर्को याम प्रारम्भ हुन्छ।
हरियालीले ढाकिएका विशाल पाटन, कुहिरोले छोपिएका बुकी, रङ्गीचङ्गी भुइँफूल र गोठसम्म पुग्ने पदमार्गले मनसुनमा पदयात्राको छुट्टै आकर्षण सिर्जना गरेका छन्। अन्य गन्तव्यमा पर्यटकको चहलपहल घटिरहेका बेला ढोरपाटनमा भने प्रकृतिसँग रमाउन आउने पदयात्रीको आगमन बढ्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)