शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर
nepalsamaya.com · Sun Sep 20 03:41:00 GMT 2026

काठमाडौं- थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ।
कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा असोज २७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित स्मार्ट दरबारमा आयोजना गर्ने निर्णय गरेको हो। सभाको प्रमुख एजेन्डाका रूपमा हाल कायम एक सेयरबराबर अर्को एक सेयर (१ः१) अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव राखिएको छ। प्रस्ताव पारित भए कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख २५ हजार कित्ता हकप्रद सेयर जारी गर्न सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)