जीपीएसबिनै बाटो नभुल्ने मौरी, वैज्ञानिकलाई समेत चकित पार्ने यस्तो रहेछ रहस्य
kalakarmi.com · Sun Sep 20 03:47:25 GMT 2026

काठमाडौं- एउटा मौरी घारबाट निस्कन्छ । केही क्षणमै फूलसम्म पुग्छ । पराग लिएर फर्किन्छ । फेरि उड्छ । फेरि फर्किन्छ । बाहिरबाट हेर्दा यो सामान्य चक्रजस्तो लाग्छ । तर बैज्ञानिकहरुले आकाशबाट ड्रोनले उसको यात्रा पछ्याउँदा अर्कै कथा देखियो–ऊ हरेक पटक लगभग उही बाटोबाट उडिरहेको थियो । कतिपय अवस्थामा अघिल्लो यात्राबाट केही सेन्टिमिटर मात्र फरक दूरीमा उडेको पाइयो ।
जर्मनीको फ्राइबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको नयाँ अध्ययनले मौरीको दिशाबोधबारे लामो समयदेखि रहेको बुझाइलाई नयाँ मोड दिएको छ । उनीहरू केवल घारको दिशा सम्झने कीरा होइनन, बरु आफूले रोजेको ‘स्थायी मार्ग’ बनाउने सटीक यात्रु रहेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)