हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन
ratopati.com · Sun Jul 19 14:31:24 GMT 2026

मकवानपुर । हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन्। मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ ८ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि हेटौँडा हुँदै देउराली काठमाडौँ जाने सवारीसाधनलाई चौकीटोलमा रोकेको थियो।
त्यस्तै कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्व सूचनाअनुसार साँझ ६ बजेदेखि चौघडामा रोकिएको थियो। आज बिहानैदेखि हेटौँडाबाट जाने सबै मार्गमा यातायात पूर्ण रूपमा सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)