मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार भेटिए

ratopati.com · Sat Aug 29 14:48:30 GMT 2026

दमौली (तनहुँ) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा खोज तथा उद्धारका क्रममा आज चार वटा शव भेटिएको छ । आँबुखैरेनीमा दुई र देवघाट क्षेत्रमा दुई शव फेला परेको हो ।

फेला परेको शवलाई आवश्यक मुचुल्कासहित प्रदेश अस्पताल दमौलीमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । त्रिशूली नदी क्षेत्रमा ड्रोनको सहायताबाट पनि शव खोज्ने काम गरिएको उनले बताए । उनले भने, 'उद्धार टोली जान नसक्ने स्थानमा ड्रोनबाट हेर्ने काम सुरु गरेका छौँ । यसले शव खोज्न सहज हुनेछ ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)