कांग्रेस विवादमा नयाँ ट्विस्ट, पहिले केन्द्रीय सदस्य मात्र भनेको इतर समूहले गर्यो पदाधिकारी नै मर्ज गर्ने नयाँ प्रस्ताव
shilapatra.com · Sun Jul 19 14:33:40 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विवाद समाधानउन्मुखभन्दा पनि थप उग्र बन्दै गएको छ । पार्टीको संस्थापनपक्षले एकतामा चासो नदेखाएको भन्दै संस्थापनइतर समूहले पार्टी विभाजननजिक रहेको दाबी गरेको छ । उसले आँकडामा पार्टी विभाजनको सम्भावना पेस गर्न थालेको छ ।
गत असार अन्तिममा भएको इतर समूहको शीर्ष नेताको बैठकले एकतामा जोड दिने निष्कर्ष निकालेको थियो । त्यसयता पार्टी एकतामा नेतृत्वले कुनै चासो नदिएको निष्कर्षमा इतर समूह छ । एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्षमा पनि इतर समूह पुगेको नेता मीन विश्वकर्मा बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)