धनकुटाको छथर जोरपाटीमा सुमो दुर्घटना, एकजनाको मृत्यु
kendrabindu.com · Sun Sep 20 04:10:04 GMT 2026

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बनचरेमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। छथर जोरपाटीको तेलियाबाट इटहरीतर्फ जाँदै गरेको ना १ ज २४९४ नम्बरको सुमो बन्चरेमा दुर्घटनामा परेको धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।
दुर्घटनामा एकजनाको मृत्यु भएको र मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका पाँचजनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रारम्भिक जानकारी आएको एसपी रञ्जितकारले बताए। सुमोमा चालकसहित ११ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)