संविधान कार्यान्वयन र सहकार्यमा जोड
annapurnapost.com · Sun Sep 20 04:08:24 GMT 2026

काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ का अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूले संविधानको कार्यान्वयन, संरक्षण र सुधारबारे फरक–फरक सन्देश दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म कार्यान्वयनमै देखिनुपर्ने बताएका छन्। शीतल निवासमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपतिले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने धारणा राखे। उनले संविधानलाई केवल कागजी दस्तावेज नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गर्दै संविधान कागजमा लेखिएका शब्द वा वाक्यहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)