विकासमा ग्रामीण पर्यटनको भूमिका
rajdhanidaily.com · Wed May 26 23:33:21 GMT 2021
हाम्रो देश प्राकृतिक दृष्टिकोणले विश्वमा नै उत्कृष्ट र मनोरम भएकाले हरेक गाउँ पर्यटकीय बनेको छ । त्यसैले विगत एक दशकदेखि गाउँ पर्यटनको अवधारणाले मूर्तरूप लिँदै आएको देखिन्छ । पर्यटन व्यवसाय नेपालको आर्थिक विकासमा ज्यादै महत्वपूर्ण योगदान दिने क्षेत्र बनेको यथार्थ सबैसामु छँदै छ । ग्रामीण विकासका लागि गाउँ पर्यटन देशको समग्र विकासको आधारसमेत बनेको छ । आन्तरिक तथा बाह्य पर्यटनको विकासमा आज गाउँ पर्यटन विस्तार हँुदै गएको छ । मानवीय स्वभाव नै केही नयाँ स्थान अवलोकन गरौं र नयाँ विषयबारे जानकारी लिऔं भन्नेमा केन्द्रित हन्छन् । मानवका इच्छा र जिज्ञासाले गर्दा पर्यटकका रूपमा घुम्न आउने हुन् ।
पर्यटकले विभिन्न स्थानमा भ्रमण गरेर भरपुर मनोरञ्जन लिने गर्छन् । नेपालमा छरिएर रहेका कला संस्कृति भेषभूषा भाषालगायतका विविध विषयमा सकिने जति जानकारी लिन पर्यटक आतुर रहन्छन् । नेपालको चौधौं योजनाको मुख्य लक्ष्यमध्ये एक ग्रामीण पर्यटनमार्फत रोजगारीका अवसर सिर्जना गर्ने रहेको छ । यसमा सहयोग गर्न स्थानीय निकाय विविध सरोकारवाला संघसंस्था पर्यटन बोर्ड विभाग हँुदै मन्त्रालयले ध्यान दिनुपर्नेहुन्छ । गाउँ पर्यटनले गाउँ विकासका चौतर्फी र महत्वपूर्ण योगदान पुग्छ । पर्यटकीय क्षेत्र बनाउन सडक विद्युुत् सञ्चार खानेपानी सुविधायुक्त होटल लजलगायतका अनेकांै सुविधाको उपलब्ध गराउनुपर्ने भएकाले गाउँ पर्यटन भनेकै विकासको अर्को नाम हो पर्यटकलाई सुविधा उपलब्ध गराउन सञ्चालित व्यवस्थित व्यवसायलाई पर्यटन व्यवसायको नामले चिनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)