मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुर भ्रमण वर्षमा यात्रुलाई भाडा छुट

barnanmedia.com · Thu Jun 20 00:16:42 UTC 2024

भरतपुर भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले यहाँका तीन यातायात व्यवसायीले पूर्वी चितवनबाट भरतपुर आउनेलाई भाडामा छुट गरेका छन् । चितवन छाहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात सेवा प्रालि र सार्वजनिक ओमशान्ति यातायात सेवा प्रालिले भरतपुर प्रवेश गरेसँगै रिङरोड क्षेत्रका लागि भाडामा छुट गरेका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा चितवन छहारी यातायात सेवा प्रालिका अध्यक्ष बद्रीप्रसाद पौडेलले महानगरभित्र प्रवेशसँगै भाडामा छुट दिइने बताउनुभयो । गोन्द्रङदेखि छ लेन सडक हुँदै पुलचोक, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस ट्रमिनलसम्मलाई पहिलो चरणमा भाडा छुट गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकका लागि निःशुल्क सेवा र अन्यका लागि ४० प्रतिशत भाडा छुट दिइनेछ । यो सुविधा बिहीबारदेखि लागू हुनेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)