जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु
khabarhub.com · Sun Sep 20 04:10:21 GMT 2026

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका– २ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)