कोरोना कहरमा बित्यो २०७७, कस्तो होला ०७८ को शैक्षिक अवस्था?
thahakhabar.com
काठमाडौं : कोरोना संक्रमण बढ्दै जाँदा सरकारले गत वर्ष देश पूरै लकडाउन गर्यो। संक्रमण फैलिन नदिन गरेको लकडाउनले हरेक क्षेत्र ठप्प भयो। मानिसको जमघट हुने/नहुने प्रायः सबै क्षेत्र बन्द भए।
लकडाउनले देशभरका शैक्षिक क्षेत्रमा निकै ठूलो असर पर्यो। करिब ९ महिना देशभरका शिक्षण संस्थामा भाैतिक उपस्थितिबिनै कक्षा सञ्चालन भए। कतिपय स्थानका विद्यार्थीले त विद्यालय देख्न मात्र होइन, किताबसमेत पढ्न पाएनन्। निजीस्तरमा अनलाइन तथा भर्चुअल माध्यमबाट पढाइ भए पनि सामुदायिक तथा सरकारी विद्यालय/कलेजमा अध्ययन अध्यापन हुन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)