दोस्रो जितको खोजिमा नेपाली टिम
merolifestyle.com · Sat Feb 12 00:35:13 GMT 2022
ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा अविनाश बोहरा चम्किएपछि चारदेशीय टी-२० शृंखलाको पहिलो खेलअन्तर्गत नेपाल ले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको छ । मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य नेपालले तीन बल बाँकी छँदै चार विकेटको क्षतिमा भेट्टायो ।
नेपालको ब्याटिङमा दीपेन्द्रले अर्धशतकीय इनिङ खेले । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका दीपेन्द्रले अविजित ७३ रन बनाए । ५३ बलको सामना गरेका दीपेन्द्रले आठ चौका र एक छक्का प्रहार गरेका थिए । नेपालबाट ज्ञानेन्द्रले पभेलियन फर्किनुअघि १३, ओपनर आशिफ शेखले १४ र प्रदीप ऐरीले चार रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)